सुवास नेम्वाङको निधनमा शोक प्रस्ताव पारित

55

काठमाडाैं । प्रतिनिधि सभाको बैठकले सुवास नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकले संविधानसभा अध्यक्ष, प्रतिनिधि सभाका सांसद तथा नेकपा एमाले संसदीय दलका उपनेता नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको हो। सभामुख देवराज घिमिरेले नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरिएको जानकारी गराएका छन्। ‘

शोक प्रस्ताव सर्वसहमतिले पारित भएको घोषणा गर्दछु,’ उनले भने।

नेम्वाङको निधनमा सांसदहरूले एक मिनेट मौनधारणसमेत गरेका थिए। नेम्वाङको गत भदौ २६ गते हृदयघातका कारण निधन भएको थियो।

नेम्वाङको पार्थिव शरीर बिहीबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो। राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गरिएको हो।

प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here