पशुपति आर्यघाटमा उनलाई अन्तिम श्रद्धाञ्जली दिने कार्य भइरहेको छ । पशुपति आर्यघाट पुगेर उनलाई श्रद्धाञ्जली दिनेको लामो लाम देखिन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवालगायतका विभिन्न राजनीतिक दलका शीर्षनेता, नेता तथा कार्यकर्ता शुभेच्छुकले पशुपति आर्यघाट पुगेर श्रद्धाञ्जली दिएका छन् । अहिले पनि श्रद्धाञ्जली दिने कार्य चलिरहेको छ ।
मंगलबार च्यासलस्थित पार्टी कार्यालयमा राखिएको नेम्वाङको पार्थिव शरीरलाई बुधबार दिउँसो निजी निवास बालुवाटार लगिएको थियो । बिहीबार निजी निवास बालुवाटारबाट शवयात्रासहित उनको पार्थिव शरीरलाई पशुपति आर्यघाट लगिएको हो ।


















