काठमाडौं । बेन स्टोक्सले कीर्तिमानी १८२ रन बनाएको खेलमा इंग्ल्याण्डले न्युजिल्याण्डलाई १८१ रनले पराजित गर्दै चार खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ ।
स्टोक्सले इंग्ल्याण्डका लागि ओडीआईमा एकै खेलमा सर्वाधिक रन बनाउने नयाँ कीर्तिमान बनाएका हुन् । उनले यसअघि ज्यासन रोएको नाममा रहेको १८० रनको कीर्तिमान तोडे ।
शतकबाट चार रनले चुकेका मालानले ९५ बलमा ९६ रन बनाए । कप्तान जोस बटलरले ३८ रन जोडे ।
३६९ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डल ३९ ओभरमा सबै विकेट गुमाएर १८७ रनमै अलआउट भयो । न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ७२ रन बनाए । ७६ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे । रचिन रभिन्द्रले २८ र डारेल मिचेलले १७ रन जोडे ।
बलिङमा इंग्ल्याण्डका क्रिस वोक्स र लिएम लिभिङ्स्टोनले तीन/तीन तथा रिस टोपलेले दुई विकेट लिए ।

















