नदीमा डुबेर कञ्चनपुरका १ जना किशोर बेपत्ता

33
महेन्द्रनगर । महाकाली नदीमा डुबेर कञ्चनपुरका १ जना किशोर बेपत्ता भएका छन्।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर २ बस्ने १७ वर्षीय नीरज पुजारा शनिबार साँझतिर नदीमा डुबेर बेपत्ता भएका हुन्। नदीमा नुहाउन गएका नीरज डुबेर बेपत्ता भएका हुन्।

नीरज नदीमा डुबेको खबरपछि शनिबार साँझदेखि नै खोजी सुरु गरिएको थियो। इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट प्रहरी टोली खटिएर उनको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here