एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

60
pinterest sharing button

काठमाडौं । एनएमबि बैंकले बुद्ध एयरसँगको सहकार्यमा एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक गरेको छ ।

राजधानीमा आज आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक गरेका हुन् ।भिसा डाइरेक्ट प्लेटफर्ममार्फत रकम पठाउँदा बैंकले जारी गरेको भिसा कार्डसँग लिंक गरिएको खातामा उक्त रकम जम्मा गर्न सकिनेछ ।

यो सेवा समावेश भएसँगै एनएमबि भिसा कार्डधनीहरूले विश्वको जुनसुकै ठाउँबाट आफ्नो कार्डरखातामा सहज र सुरक्षित रूपमा पैसा प्राप्त गर्न सक्नेछन् ।

यसरी रकम पठाउने विदेशी तथा स्वदेशी नागरिकले आफ्नो मोबाइल अथवा इन्टरनेट बैंकिङ्ग वा भिसा कार्ड तथा रेमिटेन्स कम्पनीहरूमार्फत बैंकले जारी गरेको १६ अंकको भिसा कार्ड नम्बरको प्रयोग गरी त्यसमा लिंक भएको खातामा सोझै रकम पठाउन सक्नेछन् ।

एनएमबि बैंकको खातामा विश्वका विभिन्न देशबाट अब ‘भिसा डाइरेक्ट’मार्फत सोझै रकम पठाउन सकिने भएको छ । उक्त रकम एनएमबि भिसा डेबिट ९बैंक खाता० मा प्राप्त गर्न सकिने बैंकको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here