काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सूचना र प्रविधिको क्षेत्रमा पार्टीलाई सहयोग गर्न चाहने सदस्यबाट दरखास्त आह्वान गरेको छ ।
त्यसबापत दिइने तलबबारे खुलाइएको छैन । तर सो क्षेत्रमा दक्षता भएकाहरूबाट प्रविधिमार्फत व्यापक नेटवर्क स्थापित गरी पार्टी परिचालन गर्ने तयार भइरहेको उनले बताए ।
फर्म भर्नका लागि देशैभरका पार्टी कमिटीलाई भनिएको छ । तर दरखास्त भर्नका लागि पार्टीका केन्द्रीय समिति सदस्य, प्रदेश समिति सदस्य वा जिल्ला समिति सदस्यले सिफारिस गरेको हुनुपर्ने छ ।
दरखास्त अनलाइनमार्फत भर्ने व्यवस्था गरिएको छ । पार्टीको वेबसाइटमा अनलाइन फर्म राखिएको छ । जसअनुसार फर्म भर्न १५ दिनको समय दिइएको छ । RSS


















