काठमाडौं । नेपाल स्टक एच्सचेञ्जको पुनर्संरचनाको माग गर्दै कर्मचारीले धर्ना दिएका छन् ।
बुधबार कर्मचारीले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई सार्वजनिक निष्कासन मार्फत पुनर्संरचना गर्नुपर्ने मागसहित धर्ना दिएका हुन् ।
नेप्सेको पुनर्संरचना गर्ने विषयलाई सम्बन्धित सरोकारवाला पक्षले सम्बोधन नगरेसम्म दबाबमूलक कार्यक्रमलाई निरन्तर जारी राखिने नेप्से कर्मचारी संघले जनाएको छ ।


















