आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

63

उदयपुर ।  त्रियुगा नगरपालिक-१४ स्थित सडकमा मिर्चैया मारुती सिमेन्ट उद्योगबाट सिमेन्ट बोकी खोटाङतर्फ जाँदै गरेको स.१ ख ७१२ नम्बरको टिपरमा गएराति आगलागी हुँदा टिपर र टिपरमा रहेको करिब १ सय बोरा सिमेन्ट पूर्णरूपमा जलेर नष्ट भएको छ ।

आगलागीबाट भएको क्षतिको एकिन विवरण हाल खुलेको छैन ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here