‘नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि, २०८०’ मस्यौदा तयार

60

काठमाडौं,। निर्वाचन आयोगले विदेशमा रहेका ‘नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि, २०८०’ मस्यौदा तयार भएको हुँदा यसमा सुझाव पठाउन अनुरोध गरेको छ ।

आयोगका सहसचिव एवम् प्रवक्ता शालिगम शर्मा पौडेलका अनुसार विदेशमा रही मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेका नेपाली नागरिकलाई विदेशबाटै मतदाता नामावली दर्ता गर्ने व्यवस्था सो कार्यविधिमा रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार विदेशमा रहेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउन चाहेमा अनलाइन प्रणालीमार्फत फारम भरी जैविक विवरण दिनका लागि आफूलाई पायक पर्ने स्थान र मिति छनोट गर्न सक्नेछन् ।

विदेश वा स्वदेशमा रहेका नेपाली नागरिक, गैर आवासीय नेपाली सङ्घ तथा अन्य सरोकारवालालाई २०८० कात्तिक मसान्तभित्र सो मस्यौदामा सुझाव दिन आयोगले अनुरोध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here