काठमाडौं । चौथो नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०८० मा आधुनिक गायनतर्फ नारायण थापा र गायिका अञ्जु पन्त उत्कृष्ट भएका छन् ।
बुधबार रात्रि राजधानीमा समारोहमा अग्रज पत्रकार मदनकुमार श्रेष्ठलाई विशिष्ट पत्रकारिता सम्मान’ र पत्रकार अखण्ड भण्डारीलाई ‘राष्ट्रिय पत्रकारिता’ सम्मान प्रदान गरियो । आर्थिक पत्रकार मनोज थापा र टेलिभिजन पत्रकार अनिषा कार्कीसमेत सम्मानित भए भने विष्णु सुवेदीलाई ‘ पत्रकारिताका पुरस्कार’ प्रदान गरियो ।
त्यस्तै, म्युजिक भिडियो निर्देशक उमेश गुरुङ, ब्युटिसियन लक्ष्मी महर्जन, मेकअप आर्टिष्ट टेकराज पाण्डेलगायत पनि कार्यक्रममा सम्मानित भए । समारोहमा आधुनिक गीतकारको अवार्ड बैकण्ठप्रसाद उपाध्याय र गीतकार जुरी अवार्ड डा. विनु, बाबा अर्यालले हासिल गरिन् ।
आधुनिकतर्फ नै म्युजिक भिडियो निर्देशक अवार्ड राजेश थापा, महिला मोडल अवार्ड केकी अधिकारी र पुरुष मोडल अवार्ड बुद्धि तामाङले प्राप्त गरे । चलचित्रतर्फ उत्कृष्ट चलचित्र गीत गायिका सरु गौतम, गायक अवार्ड ओम सुनारले पाए भने आदिवासी गीततर्फ रमला पाखिन तामाङ र नेपाल भाषा गीत उत्कष्ट गायिकाको अवार्ड तेजवती जोशीले पाइन् ।
त्यस्तै, लोकदोहोरीतर्फ काठे लोकदोहोरी गायक अवार्ड नमराज ढुंगाना, लोकदोहोरी गायक अवार्ड रोशन तिखत्री, दोहोरी गायिका अवार्ड जुना श्रीष मगर, लोकदोहोरी म्यूजिक भिडियो मोडल (पुरुष) अवार्ड दीपेन्द्र सोनम, मोडल (महिला) अवार्ड अञ्जु निरौला, मोडल (महिला) जुरी अवार्ड सिम्रन दुलाल, लोक दोहोरी म्युजिक भिडियो निर्देशक अवार्ड एकेन्द्र साराशंकरले हासिल गरे ।
कार्यक्रममा लोकगीत गायक अवार्ड रमेश परियार, लोकगायिका अवार्ड मुना शाह, सर्वोत्कृष्ट देउडा गायिका अवार्ड भनुमा लिम्बुले जिते । पपतर्फ आधुनिक पप गायक अवार्ड आर्जन पाण्डेले, वर्षकै सर्वोत्कृष्ट लोकपप गीत अवार्ड सुरेन्द्र गौतम पाएका छन् ।


















