बाजुरा । बझाङमा फेरि भूकम्प गएको छ ।
गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
लगातार भूकम्प र त्यसका प्रकम्प जान थालेपछि यस सुदूरपश्चिमका बासिन्दा त्रसित बनेका छन् ।


















