काठमाडाैं । आइतबार बिहानदेखि बेलुकासम्म धादिङ केन्द्रबिन्दु भएर सातचोटि भुइँचालो गएको छ। यीमध्ये तीनचोटि काठमाडौं उपत्यका पनि हल्लिएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पछिल्लोपटक साँझ ५ बजेर ३३ मिनेट जाँदा धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको हो। यसको ठीक २ मिनेटअघि साँझ ५ बजेर ३१ मिनेट जाँदा त्यही क्षेत्र केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको थियो। यी दुवैपटकको भूकम्पको धक्का काठमाडौँ उपत्यकामा पनि महसुस गरिएको थियो।
फेरि यसको २० मिनेटपछि अर्थात् बिहान ८ बजेर २८ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गयो भने ५१ मिनेटपछि अर्थात् बिहान ८ बजे ५९ मिनेट जाँदा खरी केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जानकारी दिएको छ।सबै गरेर आइतबार साँझ ५ बजेर ३३ मिनेट जाँदासम्म धादिङलाई केन्द्रबिन्दु बनाएर सातपटक भूकम्प गएको छ।


















