महासचिव गुटेरेसले संयुक्त राष्ट्रसङ्घ भवन परिसरमा गरे वृक्षारोपण

98
dxf;lrj u'6]/];nfO{ g]jf/L ;u'g lbPsf :jfut nlntk'/, !# sflQs M g]kfn e|d0fdf /xg'ePsf ;+o'Qm /fi6«;ª3sf dxf;lrj PG6f]lgof] u'6]/];nfO{ ;f]daf/ nlntk'/ k'Nrf]sl:yt ;+o'Qm /fi6«;ª3 ejgdf g]jf/L k/Dk/f cg';f/ ;u'g lbP/ :jfut ul/Fb} . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई ललितपुर पुलचोकस्थित संयुक्त राष्ट्रसङ्घ भवनमा नेवाः परम्परा अनुसार सगुन दिएर स्वागत गरिएको छ ।

सोमबार दिउँसो संयुक्त राष्ट्रसङ्घ भवनमा आयोजित स्वागत समारोहमा सहभागी महासचिव गुटेरेस पुलचोक पुग्नुभएको हो । उहाँलाई नेपाली वेषभूषामा सजिएका बालबालिकाहरूले स्वागत गर्नुभएको थियो भने नेवारी परम्परा अनुसार सगुन दिइएको थियो ।

यसैगरी, उहाँले संयुक्त राष्ट्रसङ्घ भवन परिसरमा वृक्षारोपण समेत गर्नुभएको छ । राष्ट्रसङ्घको नेपालस्थित कार्यालयका तर्फबाट आयोजना गरिएको स्वागत समारोहमा महासचिव गुटेरेस र संयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत निकाय, कोष तथा कार्यालयका प्रतिनिधिहरू, कर्मचारी सहभागी हुनुहुन्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here