पूर्वरानी कोमल शाहले पुष्पमेलाको अवलोकन गरिन्

41

काठमाडौं । पूर्वरानी कोमल शाहले पुष्पमेलाको अवलोकन गरेकी छन्। शुक्रबार ललितपुरको जावलाखेलमा गत मंगलबारबाट जारी १६ औँ गोदाबरी फूलको प्रतियोगितात्मक प्रदर्शनीस्थलमा पुगेर पूर्वरानी शाहले पुष्पमेलाको अवलोकन गरेकी हुन्।

उनले पुष्पमेला अवलोकन गर्नुका साथै केही फूल खरिदसमेत गरिन्।

यो वर्षको पुष्पमेलामा अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता भइरहेको नेपाल फ्लोरी कल्चर एशोसिएशन (फ्यान)का अध्यक्ष मिनबहादुर श्रेष्ठले बताए।

उनले मेलाको चौथो दिनसम्म आउँदा ५२ लाख बराबरको कारोबार भइसकेको उल्लेख गरे। उनले चौथो दिनसम्ममा २१ हजार अवलोकनकर्ताहरुको मेलामा सहभागिता जनाएको बताए।

उनले पाँच दिनमा मेलामा १ करोड बराबरको कारोबार हुने अपेक्षा रहेको बताए। फूलको प्रतियोगितात्मक प्रदर्शनी १८ गते शनिबारसम्म चल्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here