श्रीमतीसहित ६ जनाको भूकम्पमा परी ज्यान गयाे

33

जाजरकोट । भेरी नगरपालिका–१ का ४० वर्षीयका उदय विक आज मात्र घर पुगेका छन्। उनी गत वर्ष कार्तिक ३० मा वैदेशिक रोजगारका लागि मलेसिया गएका थिए।

शुक्रबारको भुकम्पमा परी उनले श्रीमती जानुका सुनार (३०), छोरीहरु शर्मिला (१३), अञ्जली (८) र छोरा उज्जल (४) लाई भूकम्पमा गुमाएका छन्। साथै उनका माइला भाइकी छोरी निरुता (११) र भान्जी को पनि भूकम्पमा परी मृत्यु भएको छ।

आफ्नो घरमा श्रीमतीसहित ६ जनाको भूकम्पमा परी ज्यान गएको खबर उनले विदेशमै थाहा पाए। त्यसपछि उनी जसोतसो गरेर आज आइपुगेपछि भूकम्प गएको ४ दिनपछि ५ जनाको अन्तिम संस्कर गरिएको छ।

आफ्नो मुटुको टुक्राजस्ता छोराछोरीको अन्तिम बिदाइ गर्दैगर्दा विक्षप्त अवस्थाका उदयले बिलौना गरे,’यिनै छोराछोरीको लागि गएको थिएँ। तर, आज सबैले मलाई छोडेर गए। मैले कुन दिनमा के पाप गरेछु! छोरालाई कस्तो बनाउँला भने सोचेको थिएँ। तर आज यस्तो भयो हे भगवान!’

यतिबेला जाजरकोट शोकमा छ। गाउँमा मृत्यु हुनेको संख्या धेरै हुँदा साहुहिक दाहासंस्कार गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here