स्थानीय तहसँग नेवाः पत्रकार राष्ट्रिय दबूको भूमिका विषयमा छलफल कार्यक्रम सम्पन्न

105

काठमाडाैं । नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाका आयोजनामा नयाँ बर्ष नेपाल सम्बत ११४४ काे अवसरमा गत सोमबार शुभकामना आदानप्रदान  र स्थानीय तहसँग नेवाः पत्रकार राष्ट्रिय दबूको  भूमिका विषयमा छलफल कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रममा प्रमुख  कार्यवाहक मेयर मन्जली शाक्य  आस्थाले  नेवाः पत्रकारिता क्षेत्रको  विकास  र यस क्षेत्रमा स्थानिय सरकारको  सम्बन्ध दरिलाे बनाएर अघि बढ्नका लागि सक्दाे सहयाेग गर्न तयार धारणा राखिन्।

कार्यक्रममा नेवाः पत्रकारिता क्षेत्रका निम्ति स्थानिय सरकारले के गर्न सक्छाै भनेर गहिराइमा गएर  बाटाे खाेज्नका लागि सल्लाह गर्नु पर्ने जनाए ।

कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूया केन्द्रीय वरिष्ठ संयाेजक सुनिल महर्जन, ललितपुर महानगरपालिकाका  प्रवक्ता र वडा ९ का वडाध्यक्ष राजु महर्जन, १६ वडाका वडा अध्यक्ष  निर्मलरत्न शाक्य र वडा २६ का अध्यक्ष सुरेश महर्जन, आयोजकका सल्लाहकार पत्रकार दबूका निवर्तमान अध्यक्ष सुरजबीर बज्राचार्य, नेपालभाषा मंकाः खलः ललितपुरका अध्यक्ष हिराकाजी महर्जनले स्थानिय सरकार र संचार जगतका विषयमा आ-आफ्नो धारणा राखे ।

साथै आयोजकका सचिव पुर्णिमा शाक्यले कार्यक्रम सञ्चालन गरेको थियाे भने स्वागत मन्तव्य पवित्र कुमार महर्जनले राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here