देशमा पश्चिमी वायुको आंशिक प्रभाव

8

काठमाडौं  । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । आज कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, आज राति लुम्बिनी प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here