काठमाडौं । काठमाडौं महानगर कमिटीद्वारा वसन्तपुर दरवार स्क्वायरमा अायोजित नेपाल सम्बत न्हुदँको अवसरमा नेकपा एमाले काठमाडौं जिल्ल कमिटी सदस्य एवम् सम्पदा अभियान्ता एवम् समाजसेवी मनिराज डंगोलद्वारा रचित १५ अौं कृति बुद्धको कर्मवाद तथा चौथो स नाम पुस्तक प्रमुख अतिथि एवम् पार्टी अध्यक्ष के.पी शर्मा ओलीको हातबाट शनिबार बिमोचन भएको छ ।
सो पुस्तक मुल उद्वेश्य सुखि नेपाली र समृद्ध नेपालको श्रोत तथा सम्पदा पहिचानका साथ सम्पुर्ण जनताहरुमा उद्योग व्यवसायी चिन्तनकोविकास गराउने रहेको छ।
लेखकद्वय मनिराज डंगोलले समृद्ध नेपाल सुखि नेपालीको यात्रा सफल पार्न निश्चय पनि सम्पुर्ण जनता क्रियाशील हुनु जरुरी छ। सम्पुर्ण राजनैतिक पार्टीका कार्यकर्ताहरु सिर्जनशील र कर्मबीर पंक्ति रुपमा खडा हुने दिन अाएको जनाए।
राजनैतिक पार्टी हरुले अा—अाफ्नो पार्टी निर्माणमा सिद्धान्त संगठन र संघर्षलाई मात्र महत्त्व दिदै अगाडि लम्किरहेको अवस्थामा अब साँच्चिकै देश बिकास गर्ने ध्येय भए सम्पुर्ण राजनीतिक पार्टीहरुले अौद्योगिक विकासको चिन्तन मनन गर्दै अाफु मातहत रहेका सम्पुर्ण कमिटीहरुमा अौद्योगिक चिन्तनको व्यापक छलफल र ट्रेडिङ सञ्चालन गर्नुपर्ने धारणा राखे ।
साथै उद्योगबाट उत्पादित उत्पादनको बजारिकरण सहज गर्न सरकार पक्षबाट पनि रचनात्मक भुमिका निर्वाह गर्नुपर्ने जनाए ।
सो पुस्तकमा नेपाल प्राकृतिक र सांस्कृतिक रुपमा सम्पन्न भएता पनि राजनैतिक कित्ताको मिथ्या सिद्वान्त घोकेर फगतको बहस बिकासउन्मुख देशको नेपालू शिर्षक मा गरेर सुनको कचौरि समाएर भिक माग्दै सत्ता तिकाउने दुसप्रयासमा लुप्त रहेकाले नेपाल दिनानुदिन चरम अार्थिक मन्दिमा फस्दै गइरहेको जनाएका छ ।


















