ज्वालामुखी विष्फोट सम्बन्धी राेचक तथ्य !

84

प्राकृतिक प्रकाेप मध्ये ज्वालामुखी अहिलेसम्म सबैका लागि राेचक विषय बनेकाे छ । ज्वालामुखी सामान्य मानिसका लागि दैवी प्रकोप ! केही जान्नेका लागि प्राकृतिक प्रकोप ! भूगर्भविदका लागि भौगर्भिक परिघटना ! वैज्ञानिकका लागि ज्वालामुखी ! पुरातन मानिसका लागि नर्कको आगमन ! किनकि नर्क निकै तातो र भयाबह हुन्छ । जे भने पनि पृथ्वीको भित्री गर्भबाट बाहिरिएको तातो लेदो !

भूकम्प जहाँकहिँ गए पनि ज्वालामुखी भने जहाँतहिँ फुट्दैन । तर भूकम्प र ज्वालामुखी परिपूरकजस्तै हुन्छन् । ज्वालामुखी जाँदा भूकम्प आउँछ र भूकम्प जाँदा पृथ्वीको भित्री तह फाटेर ज्वालामुखी आउन सक्छ । पृथ्वी यी परिपूरक हलचलबाट प्रभावित हुँदै आएको छ ।

हुन त ज्वालामुखी जमिनभन्दा पानी भित्रको सतहमा धेरै जाने गर्दछन् । त्यसमा पनि प्रशान्त महासागर त ज्वालामुखीको केन्द्र नै हो । पानीभित्र कति ज्वालामुखी विष्फोट हुन्छन्, तिनको लेखाजोखा नै छैन ।

तैपनि प्रशान्त महासागरको वरिपरिको समुद्री तटमा ज्वालामुखी विष्फोनका कारण धपधपी बलिरहेको आगोको घेरा नै देखिन्छ । प्रशान्त महासागरको वरिपरि रहेका महादेशहरूका तटीय इलाकाहरूलाई ज्वालामुखीले आफ्नो अग्निरूपी बाहुपासमा पारिरहेको छ ।

तर्सथ प्रशान्त महासागर तटीय इलाका निकै जोखिमपूर्ण, ध्वंशात्मक र जीवित ज्वालामुखीको निरन्तर बिस्फोट, भूहलचल र सुनामीको चपेटामा छन् । उहिले उहिले पृथ्वीमाता रिसाएकी, प्राकृतिक देवता रिसाएका, समुद्रकी देवता रिसाएका र महासागरका राक्षस रिसाएको भनी भाकल र पूजाआजा गर्ने, बली दिने र पुकार आराधना गर्ने संस्कार अहिले ज्वालामुखी विष्फोटनको वस्तुवादी सोचमा बदलिएको छ ।

विज्ञान तथा प्रविधिको द्रुत विकाससँगै भूकम्पीय हलचलको सिस्मोग्राफ यन्त्रमार्फत् तरङ्ग मापन गरिन थालिएपछि आमरूपमा वस्तुवादी चेतना निर्माण हुन थालेको हो 

विश्वमा समुद्रबाहिर रहेका महादेशीय भूधरातल ठूला तथा साना टेक्टोनिक प्लेटको हलचलका कारण बेलाबेलामा अस्थिर हुने गरेको छ । युरेसियन, इण्डोअष्ट्रेलियन तथा अन्टार्कटिका टेक्टोनिक प्लेट हुन् । यी अतिरिक्त साना आकारमा सहटेक्टोनिक प्लेटहरू रहेका छन् ।

ती महादेशीय टेक्टोनिक तथा सहटेक्टोनिक ल्पेटहरू एकापसमा ठोक्किने र एकले अर्कालाई धकेल्ने तथा उचाल्ने तथा दबाउने क्रियाप्रतिक्रिया जारी छ । यसको परिणामस्वरूप यी क्षेत्रहरूमा निरन्तर ज्वालामुखी बिष्फोटन तथा भूकम्पीय हलचलहरू आइरहेका छन् ।भूगर्भविदका अनुसार टेक्टोनिक प्लेटहरू हल्लिने र यताउति सर्ने कारणले डरलाग्दा तटीय हलचल भइरहेका छन् ।

सहटेक्टोनिक प्लेटहरूका कारण झन् बढी हलचल आउने गरिरहेको छ

सहटेक्टोनिक प्लेटहरूमा फिलिपिनो प्लेट, जुआँ डे फुका प्लेट, कोकोस क्यारिबियन प्लेट र नाज्का प्लेटहरू मुख्य रहेका छन् । फिलिपिनो सहप्लेटको अस्थिरताका कारणले फिलिपिन्स र जापान निकै सताइएको छ । यी क्षेत्रमा अवर्णनीय र अत्यासलाग्दा घटनाहरू हुँदै आएका छन् ।

त्यसैगरी जुआँ डे फुका सहप्लेटको हलचलका कारण संयुक्त राज्य अमेरिका निकै प्रभावित हुँदै आएकोछ । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया, ओरेगन र वासिङ्गटन त्रस्त छन् ।

त्यसै गरी कोकोस तथा क्यारिबियन सहप्लेटले मेक्सिको र मध्यअमेरिकी महदेशलाई कम्पायमान बनाउँदै आएको छ । नाज्का सहटेक्टोनिक प्लेटले दक्षिण अमेरिकी महादेशका पश्चिमी देशहरूलाई निरन्तर तर्साइरहेको छ ।

उत्तरी ध्रुवीय हिउँ पग्लिएर महासागरीय तरलताको चापमा आइरहेको फेरबदल, पानीको भेदन आदिले पनि निरन्तर ज्वालामुखी विष्फोटनलाई सहयोग पुर्‍याइरहेका छन् 

महासमुद्रको तटीय इलाकामा एकातिर जमिनको साह्रो भाग र अर्कातिर पानीको तरलतासहितको लचिलो भागमा पर्ने चुम्कीय तथा गुरूत्व बलको असरले पनि ज्वालामुखी विष्फोटनको प्रक्रियामा बल दिइरहेको देखिन्छ । त्यसै गरी पृथ्वी र चन्द्रमाको आपसी सम्बन्ध पनि अर्को कारक बनिरहेको छ ।

पूर्णिमाको रातमा चन्द्रमा नजिक हुनाले पर्ने असर समुद्रमा पनि प्रष्ट देखा पर्दछ । पूर्णिमाको दिन समुद्रमा ठूलाठूला ज्वारभाटाहरू उठ्ने र तटीय इलाकामा पानीको सतह बढ्ने गर्छ । समुद्रमा पानीको भाग गुरूत्वाकर्षणका कारणले बढी तानिने र जमिनको भाग नतानिने भएकाले यसको टेक्टोनिक तथा सहटेक्टोनिक प्लेटहरूमा प्रत्यक्ष प्रभाव पर्नजान्छ ।

समुद्रको सतह कहिंकतै फाट्न जाने वा भासिने गर्नाले पनि लाभा निस्किएर ज्वालामुखी बिष्फोट हुनजान्छ

पृथ्वीमा नियमित ज्वालामुखी विष्फोट भइरहेका छन् । ती क्रियाशील ज्वालामुखीमा ग्वाटेमालाको फायगो, इण्डोनेशियाको क्राकाटोआ, अमेरिकाको सेन्ट हेलेन्स र इटालीमा रहेको माउण्ट भ्युभिअससहित २० भन्दा बढी ज्वालामुखी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here