काठमाडौं । २०८० मंसिर १९ गतेदेखि सिचु पाठशाला तथा ट्रेनिङ सेन्टर टोखा-३ लाम्नेमा सुभारम्भ भएको छ ।
दक्ष जनशक्ति र अनुभवी शिक्षक, शिक्षाकाहरुद्वारा सञ्चालित उत्तरी भेगको पहिलो मन्तेश्वरी पाठशाला हो। यस मन्टेश्वरी प्रिस्कुलमा मा पारिवारिक वातावरणमा बालबालिकाको इच्छा, अाकांक्षा,मनोविज्ञानलाई मध्य नजर गर्दै प्रयोगात्मक, अडियो,भिडियो पद्धति, प्रयोगात्मक पद्धति, अपनाएर अध्ययन अध्यापन गराइनुका साथै सभ्य,अनुसासित, कर्तव्य बाेध र बालबालिकाहरुको इच्छा अनुसार लक्ष्य निर्धारण गराउने तवरले अध्यापनका साथै सुसंस्कार सिकाउने ध्येयका साथ सिचु पाठशाला अगाडि बढिरहेकाे छ सिचु पाठशाला तथा ट्रेनिङ सेन्टरका प्रिन्सिपल सरिता महर्जनले जानकारी गराइन् ।
बिगत डेढ दशकदेखि सोही क्षेत्रमा कार्यरत अनुभवि प्रशिक्षकहरुद्वारा सञ्चालित पाठशालामा बालबालिकाहरुको देकियर, मन्टेश्वरी र मन्तेश्वरी ट्रेनिङ गरि तीनवटा प्याकेजमा पाठशाला सञ्चालन भैरहेको छ।
टोखा न.पा वडा नं ३ अध्यक्ष रमेश डंगोल शिक्षा क्षेत्रमा बालबालिकाहरुलाइ प्रयोगात्मक र पारिवारिक वातावरणमा अध्ययन अध्यापन गराउने सिचु पाठशाला तथा ट्रेनिङ सेन्टरलाई बधाई दिदै युवा जोस जागरले सञ्चालनमा ल्याएको यश ट्रेनिङ सेन्टरले २०७९ सालमा वडामा सञ्चालन गरेको मन्टेश्वरी ट्रेनिङ ले महिला दिदीबहिनीहरुमा जोश, अात्मविश्वास र रोजगारीको अवसर सृजना गर्दै नयाँ राजगरको मार्ग खोलिदिएकोमा प्रशंसा गर्दै बधाई तथा शुभकामना व्यत्त गरे ।
टोखा न.पा २ नं वडा अध्यक्ष धर्वेन्दर श्रेष्ठले पाठसाला तथा ट्रेनिङ सेन्टरले सञ्चालनगरेको मन्टेश्वरी ट्रनिङको प्रशंसा गर्नुका साथै यश मन्तेश्वरी पाठसाला तिमले आगामिदिहरुमा निमावि र मा वि सम्मको विद्यालय बनाउन सकुन भनेर शुभकामना व्यत्त गर्नुका साथै शिक्षा क्षेत्रमा आमुल परिवर्तनको बिजारोपन गरेकोमा बधाई तथा शुभकामना व्यत्त गरे ।
टोखा न.पा. ३ वडा सदस्य सान्ता राई ले सिचु पाठसाला तथा ट्रेनिङ सेन्टरद्वारा २०७९ सालमा सञ्चालन गरेको प्रसिक्षणको प्रशंसा गर्नुका साथै युवा टिमवर्क आजको आवश्यकता महिला टिमको खुलेर प्रशंसा गरे । आगामी दिनमा वडाबाट सक्दो सहयोग गर्ने वाचा गरे।
टोखा नगर शिक्षा शाखा खगेन्द्र धामीले शिक्षा क्षेत्रमा मन्टेश्वरी भनेको महत्त्व पुर्ण जगहो यश जगलेनै बाबलबालिका हरुको भविष्य निर्धारण गर्ने हुँदा सम्वेदन सिल भएर अध्ययन अध्यापन गर्न गराउन सुझाव दिए।
टाेखा नगरपालिकाकी उपमेयर मुरारी तामाङले सृजनशील, जुझारु, समुहद्वारा सञ्चालित यस सिचु पाठसालाकाे प्रशंसा गर्दै साथ सहयोगसंगै सहकार्य गर्दै जाने बाचा व्यक्त गर्दै उत्तर उत्तर प्रगति एवम् बधाई तथा शुभकामना व्यत्त गरिन् ।


















