च्याम्पियन्स लिगको समूह चरणमा म्यानचेस्टर सिटीको शतप्रतिशत जित

64
Micah Hamilton of Manchester City celebrates scoring the opening goal with Rico Lewis of Manchester City and Oscar Bobb of Manchester City in the UEFA Champions League Group Stage match between Red Star Belgrade and Manchester City at the Red Star Stadium, Belgrade, Serbia. Wednesday 13th December 2023. (Photo by Isaac Parkin/Manchester City FC)

एजेन्सी । युरोपियन च्याम्पियन्स लिगमा  म्यानचेस्टर सिटीले समूह चरणमा शतप्रतिशत जित निकालेको छ।

समूहको अन्तिम खेलमा सिटीले रेड स्टार बेलग्रेडलाई ३-२ गोलले हरायो।

सिटीका लागि हामिल्टनले १९ मिनेटमा पहिलो गोल गर्दा बोबले ६२ मिनेटमा अग्रता दोब्बर पारे। सिटीका लागि फिलिप्सले ८५ मिनेटमा पेनाल्टीबाट तेस्रो गोल गरे।

रेड स्टारका लागि बेओमले ७६ र कटाइले दोस्रो हाफको इन्जुरी टाइममा गोल गरेका थिए।

समूहमा सिटीले ६ खेलबाट १८ अंक जोड्दा लाइपजिग १२ अंकसहित अन्तिम १६ मा पुग्यो। योङ ब्वाइजले ४ अंक र रेड स्टारले १ अंक मात्र जोड्न सके।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here