यस्ताे छ च्याम्पियन्स लिग अन्तिम १६ को ड्र

41

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को ‘ड्र’ सार्वजनिक भएको छ।

सोमबार भएको ‘ड्र’ सार्वजनिक भएको हो। तालिका अनुसार इङ्लिस क्लब आर्सनलले एफसी पोर्टोसँग अन्तिम १६ मा खेल्नेछ।

यस्तै, स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब नापोलीसँग तथा फ्रान्सको पेरिस सेन्ट जर्मेन पीएसजीले रियल सोसिडाडसँग भिड्नेछ।

सिरि एको इन्र मिलानले एट्लेटिको मड्रिडसँग र बोरुसिया डर्टमण्डको खेल पीएसी इन्दोभेनसँग हुनेछ। प्रि–क्वार्टरफाइनलकै अन्य खेलमा लाजियोले बायर्न म्युनिखसँग, एफसी कोपनहेगनले म्यानचेस्टर सिटीसँग र आरबी लाइपेजिगले रियल मड्रिडसँग खेल्नेछ।

अन्तिम १६ को पहिलो लेगको खेल फेब्रुअरी १३, १४ र २०,२१ मा खेलिनेछ भने दोस्रो लेग मार्च ५,६ र १२,१३ मा हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here