काठमाडौं । सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोक्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
उनका अनुसार उखु मिलले किसानलाई प्रतिक्विन्टल ५६५ रुपैयाँ दिनुपर्नेछ र सरकारले ७० रुपैयाँ अनुदान दिनेछ ।


















