रुसी सेनामा गएका एक युवकको मृत्यु

46

काठमाडौं । रुसी सेनामा भर्ती भएका अर्का एक नेपाली युवकको मृत्यु भएको छ । रुसी सेनामा भर्ती भएका स्याङ्जाका अर्का एक युवकको मृत्यु भएको हो ।

रुसको तर्फबाट रुस–युक्रेन युद्धमा सहभागी वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्यालको मृत्यु भएको हो ।

नेपाली सेनामा काम गरेको ३ वर्षपछि जागिर छाडेर अर्याल रुस गएका थिए ।
परराष्ट्र मन्त्रालयले अर्यालको मृत्यु भएको खबर आफन्तलाई दिएको हो ।

अर्याल करिब दुई महिनाअघि दुबई हुँदै रुस गएका थिए । उनको पुस १२ गते मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here