काठमाडाैं । सन् २०२३ काे नोभेम्बरसम्म अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा गरी एक करोड १९ लाख ४८ हजारले यात्रा गरेका छन्।
यसअवधिमा अन्तर्राष्ट्रिय उडानतर्फ ४१ लाख ९४ हजार २९३ जनाले यात्रा गरेका छन्। उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत् यात्रा गरेका हुन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो संख्या सन् २०२२ को तुलनामा ४१ प्रतिशतले बढी हो। २०२२ मा २९ लाख ४५ हजार ५४० जनाले हवाई यात्रा गरेका थिए।
हाल नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको संख्या ३० रहेको छ। नेपालबाट १६ देशका ३३ वटा अन्तर्राष्ट्रिय गन्तव्यहरूमा नियमित उडान भइरहेको छ।
२०२२ मा आन्तरिकतर्फ ५६ लाख ६८ हजार ९१४ जनाले यात्रा गरेका थिए।
प्राधिकरणबाट २१ वटा वायुसेवा कम्पनीले सञ्चालन अनुमति पाए पनि हाल १९ वटा कम्पनीले मात्र उडान गरिरहेका छन्। देशभर विमानस्थलको संख्या ५५ पुगेको छ।
यसमध्ये ३५ वटा विमानस्थलहरू आन्तरिक हवाई सेवा सञ्चालनमा जोडिएका छन्।


















