कलाकार अशेष डंगोलले ‘हाउस अफ ब्लुज’ फाउन्डेसनमा सांगितिक प्रस्तुति गरेर रचे इतिहास

163

काठमाडाैं । विश्वचर्चित नेपाली अन्तरार्ष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलले ब्लुज म्युजिकका लागि विश्व प्रख्यात स्थल ह्युस्टनमा रहेको ‘हाउस अफ ब्लुज’ फाउन्डेसन रुममा  प्रस्तुति दिएर इतिहास रचेका छन् ।

पुस १४ गते भएकाे कार्यक्रममा उनलाई साथ दिँए बेस गीतारमा प्रवेश काफ्ले र ड्रममा आयुष डंगोल ‘द म्याड हनि’ ले साथ दिएका थिए ।

अशेषले ९० मिनेटको  अवधिमा आफ्ना मौलिक गीतहरू जस्तै जात्रा भाइब, कस्मिक भाइब, फङ्क भाइब ब्लुज, ग्रीड, इन्सर्च टुअर्ड फ्रीडम, तिमीलाई म, आदि आफ्ना एल्बमहरूका साथै जिमी हेन्ड्रिक्सका तीन कभरहरू र एउटा परम्परागत ब्लुज गीतहरू प्रस्तुत गरेका थिए ।

हाउस अफ ब्लुज २०२३ सालको आशेष डंगोलको अन्तर्राष्ट्रिय भ्रमणको लगभग अन्तिम स्थान हो। उहाँ आफ्नो आगामी कार्यक्रमहरूको लागि क्यालिफोर्निया उडान गर्दै हुनुहुन्छ र आफ्नो सफल  संयुक्त राज्य अमेरिका भ्रमण पूरा गरेर जनवरीमा आफ्नो जन्मभूमि देश नेपालमा फर्किने कार्यक्रम रहेकाे छ ।

हाउस अफ ब्लूज प्रत्यक्ष संगीत कन्सर्ट हल र रेस्टुरेन्टहरूको अमेरिकी शाखा हो। यसको स्थापना हार्ड रक क्याफेका सह-संस्थापक, आइज्याक टिग्रेट र १९८० फिल्म द ब्लूज ब्रदर्सका सह-अभिनेता डेन एक्रोइडद्वारा गरिएको थियो।

अमेरिकाकाे क्याम्ब्रिज, म्यासाचुसेट्सको हार्वर्ड स्क्वायरमा सर्वप्रथम सन् नोभेम्बर २६, १९९२ मा स्थापना गरिएकाे थियो। यो शाखा सन् जुलाई २००६ देखि लाइभ नेसन इन्टरटेन्मेन्टको बिभाजन भएको छ, र जुलाई २०२० सम्म संयुक्त राज्य अमेरिकामा ११ स्थानहरू छन्।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here