रामबहादुर बमजन सार्वजनिक

142

काठमाडौं ।  काठमाडौंको हात्तीगौंडाबाट मंगलबार पक्राउ परेका रामबहादुर बमजनलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई सार्वजनिक गरेको हो।

बमजनलाई बुधबार नै सर्लाही लैजाने तयारी प्रहरीले गरेको छ। बमजनबिरुद्ध सर्लाही प्रहरीमा दायर भएको उजुरीको अनुसन्धानका लागि उनलाई सर्लाही लैजान लागिएको हो।

प्रहरीले बमजनका साथबाट ३ करोड ३४ लाख ३७ हजार ९ सय ६ रुपैयाँ ७ पैसा बराबरको अवैध मुद्रा पनि बरामद गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here