मृत अवस्थामा फेला

50

काठमाडौं । काठमाडौं, शंखरापुर नगरपालिका-३ बोझेनी भञ्याङ बस्ने ४६ वर्षीय बिष्णुमान
वाइबा सोही ठाउँस्थित खोल्सामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

कालिकोट, सान्नीत्रिवेणी गाउँपालिका-६ काप्रिखोला बस्ने ३५ वर्षीय मनी सुनार
सोही ठाउँस्थित खोल्सामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

मकवानपुर, मनहरी गाउँपालिका-६ कत्लेखोला बस्ने ५२ वर्षीया प्रितीमाया मोक्तान
आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

सुर्खेत, पंचपुरी नगरपालिका-६ कुवापानी बस्ने १८ वर्षीय भरत बुढा घरसँगै रहेको
बाख्राको खोर नजिकै गएराति मृत अवस्थामा फेला परेका छन् । उनको शरीरका विभिन्न
भागमा चोट देखिएको छ ।साथै उनकी १५ वर्षीया बहिनी सामान्य घाइते अवस्थामा फेला परेकी छन् ।

उनको घरमा अपरचित व्यक्ति आई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ
संलग्न व्यक्तिको खोजी तथा अनुसन्धानको लागि कुकुरसहितको प्रहरी टोली खटिगएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here