रुसी सेनामा भर्ती भएका नेपाली युवाकाे निधन

49

काठमाडौं । रुसी सेनामा भर्ती भएका लमजुङका एक युवाको निधन भएको छ ।

लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा निधन भएको खबर प्राप्त भएको वडाध्यक्ष दुर्गामान गुरुङले जानकारी गराए ।

रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको निधन भएको खबर पाँच दिन अघिमात्र परिवारलाई प्राप्त भएको उनले जनाए ।

उनका अनुसार मृतक गुरुङसँगै रुसी सेनामा पुगेका साथीहरुले उनका भाइ कुमार गुरुङलाई उक्त खबर पठाएका थिए ।

जर्मनीमा रहेका भाइ कुमारले दाइको मृत्युको खबर घर पठाएपछि परिवारले पुस २९ गते क्रियाकर्म समेत गरिसकेको उनले जनाए ।

गुरुङ दूधपोखरी गाउँपालिकाका वाईसीएल अध्यक्षसमेत बनेका थिए । रोजगारीका लागि भन्दै साढे तीन महिना अघि उनी रुसी सेनामा पुगेका थिए । उनको घरमा बुबा, आमा, श्रीमती र एक छोरा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here