सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घट्याे

42

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज दोहोरो अंकले घटेको छ ।

मंगलबार ५४ अंकले बढेको नेप्से बुधबार १२.१० अंकले घटेर २१६३. ०६ विन्दुमा झरेर बन्द भएको हो । दिउँसो १ बजे २२१५ विन्दुमा पुगेको नेप्से बन्द हुने समयमा घटेको हो ।

कारोबारको यस दिन बीमा, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, हाइड्रोपावर र फाइनान्सको सेयर उच्च अंकले घटेको छ ।
समग्रमा बजार घटेको दिन आज ग्लोबल आइएमई लघुवित्त, नेपाल वेयरहाउजिङ र हिमालयन रिइन्सुरेन्स कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ६५ करोड ८४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

आज ३ करोड ३५ लाख कित्ता सेयर ९ अर्ब ७६ करोड रुपैयाँमा कारोबार भएको छ । यो कारोबार रकम झन्डै साढे २ वर्षयताकै उच्च हो । यसअघि २०७८ भदौ २१ गते ९ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको थियो ।

 

प्रतिकृया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here