यस्ताे छ सुन चाँदीकाे  कारोबार 

18

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ । लगातार पाँच दिनदेखि स्थिर रहेको सुनको मूल्य आज प्रतितोला चार सय रूपैयाँले घटेको हो।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रुपैँयामा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

हिजो तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला २० रूपैयाँले बढेर १४ सय रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here