काठमाडौं । काठमाडौंको मुख्य सडक नयाँ बानेश्वर चोकको सडक भासिएको छ । सडक भासिँदा गुड्दै गरेको बस फसेको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टका अनुसार गुड्दै गरेको बा ३ ख ३७६२ नम्बरको बस सडक भासिँदा पछाडितर्फको चक्का फसेकाले क्रेन मगाएर हटाउने तयारी भइरहेको छ । सो सडक खण्ड यसअघि पनि पटक पटक भासिएको थियो ।

















