पाठेघरको मुखको क्यान्सरको परीक्षण

67

काठमाडौं ।  ललितपुरको कुपन्डोलस्थित प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिकले  महिलाहरुको पाठेघरको मुखको क्यान्सरको परीक्षण गरेको छ।

स्नेही महिला समुह र ललितपुर महानगरपालिका वटा नम्बर १० को टोल सुधार समितिसँगको सहकार्यमा प्यासिफिकले महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गरेको हो।
प्यासिफिकमा कार्यरत प्रसूति, स्त्रीरोग  तथा निशन्तान विशेषज्ञ डा श्वेता ढकालले ८६ जना महिलाको पाठेघरको मुखको क्यान्सरको परीक्षण तथा महिलामा हुने विभिन्न रोग तथा समस्याको परीक्षण र उपचार गरेकी हुन्।
शिविरमा सहभागिहरुलाई आवश्यक पर्ने औषधिहरु पनि निशुल्क वितरण गरिएको छ। शिविरमा सहभागी ८६ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सर परीक्षणका लागि प्यापस्मेयर गरिएको छ। त्यसको रिपोर्ट भने एकसातामा आउने प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिककी  काउन्सिलर डा अर्पणा ढकालले जानकारी दिइन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here