दूरसञ्चार प्राधिकरणको अध्यक्ष ६५ वर्ष उमेरसम्मकाले मात्रै बन्न पाउने

35

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ६५ वर्ष उमेरसम्मका नेपाली नागरिकलाई नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न पाउने गरी आवेदन माग गरेको छ । आइतबार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै मन्त्रालयले तीस वर्ष देखि ६५ वर्ष उमेर समूहका नागरिकले अध्यक्ष पदका लागि दरखास्त दिन अनुरोध गरेको हो ।

दरखास्त दिनका लागि कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा दश वर्षको अनुभव हुनु पर्ने छ । दरखास्त माघ २० गतेसम्ममा दिनु पर्ने समय तोकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here