सुनचाँदीको मूल्य आज बढ्याे

46

काठमाडौं । शुक्रबारदेखि स्थिर रहेको सुनचाँदीको मूल्य आज बढेको छ । आइतबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज, चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here