महासचिव विप्लव सीका बारेमा दिएको अभिव्यक्तिप्रति आक्रोशित

34

काठमाडाैं । हिजो माघ १२ गते राप्रपा नेपालको आफ्नो कार्यालय चावहिल काठमाडाैंमा आयोजित सिन्धुपाल्त्रीक सम्पर्क समितिको कार्यक्रममा राप्रपा नेपालका प्रवक्ता तथा जुम्ला जिल्लाका सांसद ज्ञानेन्द्र शाहीले हाम्रो जनप्रिय तथा महान् पार्टी नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लव सीका बारेमा दिएको अभिव्यक्तिले हाम्रो पार्टीलाई निकै आक्रोशित बनाएको छ । उक्त अभिव्यक्तिको अन्तर्यमा रहेको हाम्रो पार्टी नेतृत्वका विरुद्ध गम्भिर षडयन्त्रको नेपाल कम्युनिस्ट पार्टी घोर निन्दा र कहा भर्त्सना गर्दछ ।

नेपाल कम्युनिस्ट पार्टी १० वर्षे महान नेपाली जनयुद्धको नेतृत्व गरी नेपालमा राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापना गर्ने नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को वर्तमान कान्तिकारी प्रतिनिधी पार्टी हो । यो नेपालको कम्युनिस्ट आन्दोलनका ईमान्दार नेता र कार्यकर्ताको प्रतिनिधित्व गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टी हो । १० वर्षे महान जनयुद्धको बल र १९ दिने ऐतिहासिक जनवान्दोलनको सहयोग (Support) मा नेपाली जनताले गठन गरेको पहिलो संविधानसभा विघटन गरी साम्राज्यवाद र देशी प्रतिक्रियावादीहरुले नेपाली जनतामाथि प्रतिक्रान्ति लादने दुस्साहस गरेपछि त्यसका विरुद्ध महान र शहासिक विद्रोह गरी बनेको नेपाली श्रमीक जनताको क्रान्तिकारी कम्युनिस्ट पार्टी हो। २०७१ साल पौषबाट प्रतिक्रान्तिका विरुद्ध एकीकृत जनक्रान्ति संचालन गरिरहेको पार्टी हो ।

एकीकृत जनक्रान्तिकै क्रममा केपी ओली सरकारले २०७५ माघ २६ गते प्रतिबन्धको आवरणमा दमनचक्र चलाईपछि २ वर्ष त्यसका विरुद्ध दृढताकासाथ सशक्त र शसस्त्र प्रतिरोधगरी प्रतिबन्धलाई धुलो चटाएपछि तत्कालिन केपी ओली सरकारसँग वार्ता भई २०७७ फागुन २१ गते ऐतिहासिक ३ बुँदे सहमति गरेको पार्टी हो । ३ बुँदे सहमतिको मर्म अनुसार हाम्रो पार्टी राष्ट्रिय राजनीतिमा क्रियाशिल छ’ वर्तमान अवस्थामा दलाल पुँजीवादी संसदीय व्यवस्थाले राष्ट्र र नेपाली जनताको जीवनमा पैदा गरेको चरम सङ्कटको समाधानार्थ वैकल्पिक राजनीतिक कार्यक्रम प्रस्तुत गरी क्रियाशिल भै रहेको वैकल्पिक कम्युनिस्ट क्रान्तिकारी शक्ति हो ।

साम्राज्यवाद र यो देशका नाङ्गा दलालहरू २ बुँदे सहमतिलाई भङ्ग गरेर देशमा अशान्ति र द्वन्द मच्चाउन चाहन्छन् । हाम्रो पार्टीसंग ३ बुँदे सहमति गरेको झण्डै ३ वर्ष पुग्न लाग्दा पनि राज्यले त्यसको कार्यान्वयन नगर्नु र गर्न नदिनु यसको अकाट्य प्रमाण हो । मंसीर १० गते आदेश गरेर १८ गते सार्वजनिक गरेको काठमाण्डौ जिल्ला अदालतको पक्राउ पुर्जीको आदेश बुँदे सहमति भङ्ग गर्ने षडयन्त्रको पछिल्लो कडी हो जसको पार्टीले सशक्त प्रतिवाद गरिराखेको छ ।

”विप्लवलाई पक्राउ पुर्जी जारी भएको हो कि होईन, तिनलाई पक्राउ गर्ने कि नगर्ने यो देशमा है, कानुन सबैका लागि बराबर हो कि होईन रु के यो नेपालीले बनाएको कानून हो है, पक्राउ पुर्जी आएको मान्छे प्रधानमन्त्रीसँग मिटिङ गर्दै हिडेका छन ।’ भन्ने ज्ञानेन्द्र शाहीको अभिव्यक्ती ३ बुँदे सहमति भंग गर्ने, अराजकता मच्चाउने, देशलाई इन्दतिर धकेल्ने र वर्तमान सङ्कटग्रस्त अवस्थाबाट देशलाई नेपाली जनताको समाजवादी व्यवस्थामा लगेर क्रान्तिकारी समाधान दिनबाट रोक्ने ज्ञानेन्द्र शाहीको नागो दलाल, अराजक, द्वन्द्वपिपाशु र प्रतिगामी अभिव्यक्ति भएको ठहर गर्दै, यसलाई तुरुन्तै फिता लिएर आम जनतामाझ माफी माग्न ज्ञानेन्द्र शाहीलाई हाम्रो पार्टी कहा चेतावनी दिन चाहन्छ । यदि पार्टी र नेतृत्वका विरुद्धको विषवमन सच्चाईएन भने त्यसबाट निस्कने गम्भिर परिणामको जिम्मेवार निज ज्ञानेन्द्र शाही हुने कुरा समेत हाम्रो पार्टी स्पष्ट गर्दछ।

पार्टी प्रवक्ता र सांसद भएर हाम्रो पार्टी र नेतृत्वका विरुद्ध ज्ञानेन्द्र शाहीले दिएको गैर जिम्मेवार अभिव्यक्तिलाई तुरुन्तै सच्चाउन लगाउन सम्बन्धित पार्टी र नेतृत्वबाट हाम्रो पार्टी अपेक्षा गर्दछ ।

१४ माघ, २०५० आईतबार,  धन्यवाद !

प्रकाण्ड सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here