कांग्रेसकाे संसदीय दलको बैठक बस्दै

37

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार (आज) बस्ने भएको छ। बैठक दिउँसो २ बजे संघीय संसद् भवनमा बस्न लागेको हो।

आगामी सोमबारदेखि सुरु हुने संसद्‌को हिउँदे अधिवेशनमा पार्टी कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकमा छलफल हुने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन्।

संसद्‌मा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा बैठकमा छलफल गरिने प्रमुख सचेतक लेखकले बताए।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले माघ २२ गते अपराह्न ४ बजे आह्वान संसद्‌को हिउँदे अधिवेशन आह्वान गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here