वुमन च्याम्पियनसिपमा नेपाल समुह ‘बी’ मा

20

काठमाडाैं । वेस्टन एसियन फुटबल फेडेरेसन वुमन च्याम्पियनसिपमा नेपाल समुह ‘बी’ मा परेकोछ। एफेब्रुअरी १९ देखि २८ गतेसम्म यस लिग साउदी अरेबियामा आयोजना हुदैछ। 

समुह बी मा नेपाल संगै प्यालेस्टिन, सिरिया र  इराक रहेको छ। समुह ‘ए’ मा साउदी अरेबिया, जोर्डन, लेबनन् र गुवामको रहेको छ 

नेपालले पहिलो खेल सिरिया संग २० फेब्रुअरीमा खेल्ने छ भने दोस्रो खेल इराक संग २२ फेब्रुअरीमा खेल्नेछ। लिग चरणको अन्तिम खेल प्यालेस्टिनसंग २४ फेब्रुअरीमा खेल्नेछ ।

समूह ‘ए’ र ‘बी’ का पहिलो र दोस्रो हुने चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछ।

यस प्रतियोगितामा साउदी अरेबिया, जोर्डन, सिरिया, प्यालेस्टिन, लेबनन्, इराक र गुवामको सहभगीता रहेको छ।

गोलकिपरहरू

अन्जिला तुम्बापो सुब्बा, अन्जन राणा मगर उषा नाथ, सपना राई, कविता विक

डिफेन्डरहरू

अमृता जैशी, गीता राणा, हिरा कुमारी भुजेल पुजा राना, विमला विक, निशा ठोकर, अन्चली वाइबा समिक्षा घिमिरे, विमला चौधरी

मिडफिल्डर र फरवार्डहरू

अनिता बस्नेत, प्रीति राई, दिपा शाही, अनिता केसी सावित्रा भण्डारी, सविता राणा मगर, अमिषा कार्की, रेखा पौडेल, चन्द्र भण्डारी रश्मी कुमारी घिसिङ, हेमा चौधरी, पर्वतागौर, गौरागौरा, चौधरी, दिपा न्यौपाने मोनिका पुलामी मगर, अनुष्का शेर्पा अञ्जली माछामाछे, सपना थेबे, सरु वाइबा मनमाया धामी, सम्झना लावती, प्रिया माझी रेविका पाण्डे, कुमारी ठोककर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here