कास्कीमा लागु औषध विषयक अन्तरक्रिया

65

पोखरा । ‘कास्कीमा लागु औषधको विगत, वर्तमान र भविष्य’ विषयक अन्तरक्रिया भएको छ। बुधबार वडा प्रहरी कार्यालय बैदाममा अन्तरक्रिया कार्यक्रम भएको हो।

पोखरा महानगरपालिका वडा नम्बर ६ सँग जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामले सहकार्य गर्दै कार्यक्रम गरेका हुन्।
अन्तरक्रियामा बोल्दै जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले कास्की लागुऔषधका दृष्टिले जोखिममा रहेको बताए। उनका अनुसार चालु आर्थिक वर्षमा मात्रै ७७ मुद्वा लागुऔषध सम्बन्धका दर्ता भएका छन्।

‘तथ्याङ्कभन्दा पनि बाहिर लागुऔषधका समस्या छन्’, उनले भने। लागुऔषधको प्रयोगलाई न्युनिकरण गर्न जिल्ला प्रहरी कार्यालय कास्की जिम्मेवारपूर्वक लागेको डिएसपी विकको भनाइ छ।

पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले लेकसाइड क्षेत्रमा विदेशी पाहुनाको चहलपहल हुने भएकाले लागुऔषधको जेखिम बढी रहेको बताए। समाजमा हिंसा बढाउने भएकाले सचेतना फैलाउन स्थानीय सरकारले भुमिका खेल्ने उनको भनाइ छ। अन्तरक्रियामा लागु औषध न्युनिकरणमा सरोकार राख्ने संघसंस्थाका प्रतिनिधिकोसमेत सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here