नेपालले मलेसियालाई १ सय १६ रनको लक्ष्य प्रस्तुत

14

काठमाडौं ।  मलेसियामा जारी एसीसी महिला प्रिमियरकपको फाइनल पुग्नका लागि नेपालले मलेसियालाई १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मलेसियास्थित बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १५ रनको स्कोर तयार गरेको हो।

नेपालका लागि इन्दु वर्माले २९ रन बनाउँदा डली भट्टले २५ रन तथा रुविना क्षेत्रीले २० रन बनाएकी थिइन्। त्यस्तै कविता कुंवरले २३ रन बनाएकी थिइन्। मलेसियाका लागि माहिरा इजती स्मायलीले २ विकेट लिंदा विनीफ्रेड दुराइसिंगमले एक विकेट लिएकी थिइन्।

क्वाटरफाइनलमा नेपालले कुवेत तथा मलेसियाले जापानलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेका थिए। मलेसियाको बायुमास ओभलमा केहीबेरपछि सुरु हुने खेलमा दुवै टोली आफ्नो अपराजित यात्रा कायम राख्दै फाइनल प्रवेशको लक्ष्यमा रहेका छन्।

प्रतियोगिताको फाइनल १८ फेब्रुअरीमा हुँदै छ। महिला प्रिमियर कपमा कुल १६ वटा राष्ट्रको सहभागिता रहेको थियो। यो खेलको विजेता टोलीले आगामी १८ फेब्रअरीमा उपाधिका लागि युएईसँग प्रतिस्पर्धा गर्ने छन्।

युएईले आजै भएको सेमिफाइनलमा थाइल्यान्डलाई ४ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here