प्रधानमन्त्रीको स्वास्थ्यबारे भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने एक व्यक्ति पक्राउ

397

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ विषयमा भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने एक जना व्यक्ति  पक्राउ परेका छन् ।

स्याङजा हरिनाथ गाउँपालिका–६ घर भई हाल काठमाडौं कागेश्वरी बस्दै आएका ४६ वर्षीय हरिप्रसाद मानन्धरलाई  प्रहरीले पक्राउ गरेको हो ।

पाथिभारा डटकम अनलाइनमा मानन्धरले प्रधानमन्त्री ओलीको स्वास्थ्य सम्बन्धी झुठो तथा भ्रमपूर्ण समाचार सम्प्रेषण गरेर जनतामा भ्रम सिर्जना गरेको भन्दै महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here