मृत अवस्थामा फेला

46

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं ।  काठमाडौं, महानगरपालिका-२२ शंकटा डेरा गरी बस्ने सोही महानगरपालिका-१८ नरदेवी घर भएका ५४ वर्षीय जय सागर कक्षपति आफ्नै डेरा कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका-९ कोदारी बस्ने ७० वर्षीय मान बहादुर पहरी सोही ठाउँस्थित च्याने भन्ने स्थानमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

मंगलबारदेखि हराएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । दार्चुला, महाकाली नगरपालिका-८ असिगडास्थित महाकाली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here