राष्ट्रिय मुक्ति क्रान्ति अपरिहार्य

224

बिर्तामोड । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउन जस्तोसुकै मूल्य चुकाउन तयार रहेको जनाएका छन्। ‘राष्ट्रिय मुक्ति क्रान्तिमार्फत् बहुल-राष्ट्रिय राज्य स्थापना गर्ने उदेश्यले एकीकृत शक्ति निर्माण गर्ने प्रयोजनको लागि’ बिर्तामोडमा आइतबार गरिएको छलफल कार्यक्रममा उनले सो भनाइ सार्वजनिक गरेका हुन्।

एकल राष्ट्रिय राज्यको संरचना बदलेर बहुल राष्ट्रिय राज्य बनाउनु भनेको नेपाल सबै नेपालीको बनाउनु भएको उनको भनाइ थियो। पृथ्वीनारायण शाहले राज्य विस्तार गरेदेखि अहिलेसम्म माटो मिले पनि मन नमिलेको उनको तर्क थियो। कार्यक्रममा अर्का वक्ता संजुहाङ पालुङ्वाले उल्लेखित उदेश्यका निम्ति आफू पार्टी त्यागेर पनि सँगै हिँड्न तयार रहेको जनाए ।

कार्यक्रममा लोसपाका महासचिव केशव झाले एक्लाएक्लै संघर्ष गरेर मधेशी, आदिवासी, जनजाति कहिँ पुग्न नसक्ने भएकोले यस उद्देश्यको निम्ति एक भएर अगाडि बढनुको विकल्प नरहेको जनाए। त्यसैगरी आदिवासी जनजाति आन्दोलन संघर्षका ज्ञाता बुद्ध छिरिङ मोक्तानले विश्वभर भएको विभिन्न खाले आन्दोलन, संघर्ष र विद्रोहको इतिहास जनाउँदै नेपालमा बहुल राष्ट्रिय राज्यको स्थापनाको निम्ति राष्ट्रिय मुक्ति क्रान्ति अपरिहार्य रहेको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here