केही तत्वहरु एमालेलाई धरहरासँग जोडेर विरोधमा उत्रिए : ओली

40

 

काठमाडौं ।  नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीकाे आयाेजनामा गुह्येश्वरी – धाप यात्रा २०८० सम्पन्न भएकाे छ ।

कागेश्वरी-२, आलापाेट, फुँयाल गाउँमा भएकाे कार्यक्रमका प्रमुख अतिथि  गुह्येश्वरी धाप ड्याम यात्रा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विकासविरोधीले विकासका काममा बाधा गर्ने र मजाक उडाउने गरेको टिप्पणी गरे । उनले भने, ‘केही मानिसले बाग्मतीको धापमा बाँधिएको बाँध भत्कियो भने काठमाडौं डुबाउँछ, पशुपति बगाउँछ भनेर भ्रामक हल्ला फिँजाएका छन् । तर, ताल भत्किने अवस्थामा छैन ।’ सोही क्रममा आफ्नो कार्यकालमा धरहरा निर्माण कार्य सुरु भई उद्घाटन भएको जनाउँदै ओलीले त्यसमूुनि पार्किङको काम सुरु गरेको स्मरण गरे ।

‘धरहरा किन शिलान्यास भयो ? किन काम भयो ? किन बन्यो ? किन उद्घाटन भयो ? उनीहरूलाई चिन्ता छ,’ ओलीले भने । यस्तै, धरहरा निर्माण कार्य सम्पन्न भएको स्मरण गर्दै ओलीले विरोध गर्ने कुनै ठाउँ नपाएर अहिले केही तत्व नेकपा एमालेको विरोध गर्न सक्रिय रहेको जनाए । यस्तै, नेकपा एमालेविना देश नबन्ने कुरा पुष्टि भएको जनाउँदै उनले भने, ‘अन्य दलले २० वर्षमै नेकपा एमालेले एक वर्षमा गरेको छ ।’

नेपाली जनतामा आशा र उत्साह जगाउने काम नेकपा एमालेले गरेको उनको भनाइ छ । गएको निर्वाचनमा एमालेलाई कम मत दिएर गल्ती गरिएछ भन्ने कुरा नागरिकले महसुस गरिरहेका ओलीले बताए । आउने निर्वाचनमा जनताले एमालेलाई एक्लै सरकार बनाउन पुग्ने मत दिने उनको विश्वास छ । एमालेले राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा काम गरेको उनले जनाए ।

अहिलेको समस्या समाधानका लागि एमालेले सरकारलाई लगातार सुझाव दिए पनि सरकारले काम नगरेको उनको भनाइ छ । ओलीले काठमाडौंको खानेपानी समस्या समाधानका लागि मेलम्चीको मात्रै पनि भर पर्न नहुने बताए । ओलीले बाढीले मेलम्ची बगाएपछि त्यसको पनि विकल्प खोज्नुपर्छ भन्ने सिकाइ भएको जनाए ।

काठमाडौं उपत्यकाका खोलामा सयौँ ड्याम बाँध्न सकिने र त्यसले काठमाडौंको खानेपानीको समस्यालाई निराकरणमा सहयोग पु¥याउने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here