काठमाडौं । कार्यविभाजनको विषयमा गृहकार्य नपुगेको भन्दै नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आइतबार केही समय बसेर सकिएको छ ।
पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठक मंगलबार पुनः बस्नेछ । ‘कार्यविभाजन र अभियानको गृहकार्यका लागि भनेर बैठक मंगलबार सम्मका लागि सरेको छ’, सापकोटाले भने, ‘थप गृहकार्यसहित मंगलबार पुनः बैठक बस्नेछ ।’
माओवादीले विधान अधिवेशनपछि नयाँ अभियानलाई केन्द्रीत गरी प्रदेश इन्चार्जसहित नेताहरूको कार्यविभाजन गर्ने तयारी गरेको छ । साथै, यसअघि सम्पन्न चार महिने अभियानमा खटेका कार्यकर्ताको मूल्यांकन गरी सम्मान र कारवाहीको विषयमा पनि माओवादी स्थायी कमिटीले निर्णय गर्ने छ ।


















