काठमाडौं । पछिल्लाे समय विज्ञान र प्रविधिकाे धेरै विकास भइसकेकाे छ । हरेक कुराहरु प्रविधि सँग जाेडिएका छन् । त्यस्तै एक हाे एटिएमकाे प्रयाेग । आजभाेलि धेरै मानिसहरुले नगद पैसाको सट्टा एटिएम कार्डको बढी प्रयोग गर्छन् ।
एटिएम कार्ड प्रयोग गर्दा छाेटाे समयमा नै पैसा निकाल्न सकिने र बैंकमा लामाे लाइन पनि बस्न नपर्ने भएकाले याे निकै सजिलाे माध्यम बनिसकेकाे छ ।
एटिएम कसरी प्रयाेग गर्दा आफ्नाे खाता सुरक्षित हुन्छ ?
– आफ्नो कार्डकाे नम्बर वा पिन काेर्ड अरुसँग शेयर गर्नु हुँदैन ।
– पैसा झिक्दा खाताबाट पैसा काटियो तर एटिएमबाट पैसा आएन भने तरुन्त बैंकमा सम्पर्क गर्ने ।
– आफ्नो एटिएम कार्डको पिन समय समयमा परिवर्तन गरिरहने ।


















