काठमाडाैंका विभिन्न ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

33

काठमाडाैं । आजदेखि एक हप्तासम्म काठमाडाैंका विभिन्न ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नु पर्ने भएकाले यही फागुन २२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने भएको हो ।

आज पहिलो दिन बालुवाटार फिडरबाट वितरण भएको विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ ।

यस्तै, भोलि १७ गते गोंगबु, सामाखुसी, टाउन प्लानिङ क्षेत्रमा र पर्सि १८ गते चपली घुम्ती चोक र पासिकोट क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ । यसैगरी १९ गते हेपालीहाइटदेखि धापासी विद्यालय हुँदै दाहाल गौंडासम्मको विद्युत् सेवा बन्द हुनेछ ।

त्यस्तै २० गते एभरेष्ट बैंक लाजिम्पाटदेखि राष्ट्रपति भवन र टुँडालदेवी, २१ गते गोल्फुटार पेट्रोलपम्पदेखि बसुन्धारा र २२ गते गोल्फुटारदेखि ह्याम्स अस्पतालसम्मको क्षेत्रमा सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here