गठबन्धनको बैठक स्थगित

48

काठमाडौं । बालुवाटारमा आज बस्ने भनिएको गठबन्धनको बैठक स्थगित हुन पुगेको छ । वर्तमान कांग्रेस नेतृत्वको सत्ता गठबन्धन विघटनतर्फ अघि बढेको देखिएकाले गठबन्धन बैठक स्थगित भएको हो । यससँगै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री प्रचण्डसँग छलफलका लागि केहीबेरअघि बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले गठबन्धनको बैठक स्थगित भएको भन्दै राजनीतिक नयाँ अध्याय शुरु हुन लागेको बताए ।

गएराती माओवादी र एमालेसहितका दलहरुबीच संक्रमणकालीन न्याय र राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा मिलेर जाने समझदारी बनेपछि वर्तमान सत्ता गठबन्धन विघटनतर्फ अगाडी बढेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here