सुन तोलाको १ लाख २५ हजार निर्धारण

35

काठमाडौं । सुनको भाउले दिनदिनै उच्च रेकर्ड कायम गरेको छ । यस दिन छापावाल सुन तोलाको १ लाख २५ हजार निर्धारण गरिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । हिजो छापावाल सुन तोलाको १ लाख २३ हजार ५सय निर्धारण गरिएको थियो । हिजोको तुलनामा आज तोलाको १ हजार ५ सयले बढेको हो ।

यस्तै चाँदी तोलाको १४७० पुगेको छ ।

रसिया युक्रेन युद्ध, इजराइल–प्यालेस्टाइन युद्ध, हुथि विद्रोही विरुद्ध अमेरिकाको कार्वाही, रसियन राष्ट्रपति पुटिनले दिएको आँडविक युद्धको चेतावनी र लेवलानको हिजवुल्लाहले इजराइलमा रकेट आक्रमण गरेसँगै विश्व अर्थबजार अस्थिर रहँदा अन्तराष्ट्रिय लगानीकर्ता सुरक्षित लगानीको रुपमा रहेको सुनतर्फ आकर्षित हुँदा सुनको भाउ विश्व बजारमै महंगिएको हो ।

अन्तराष्ट्रिय बजारमै उच्च दरले बढेकाले नेपालमा समेत सुनको भाउ महंगिएको हो । फागुण महिना बिहेबारीको सिजन भएको हुनाले सुनको माग उच्च हुन्छ । यद्यपी महंगिएको बजारमा खासै ग्राहक नआएको ब्यवसायी बताउँछन् । महंगो भएकाले पुरानै सुन गालेर नयाँ गरगहना बनाउने तथा कम तौलका गहनाको माग बजारमा  देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here