कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय

29

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आइतबार बसेको संसदीय दल कार्यसमितिको बैठकले राष्ट्रिय सभा उम्मेदवार तय गरेको हो। कांग्रेसका तर्फबाट शर्मालाई उम्मेदवार बनाउने निर्णय भएको संसदीय दलको नेताका निजी सचिव केशवराज जोशीले बताए।

राष्ट्रिय सभा अध्यक्षका लागि फागुन २९ गते निर्वाचन हुँदै छ। त्यसका लागि सोमबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ।

यससँगै कांग्रेस संसदीय दलको बैठकले शर्मालाई मतदान गर्न अन्य दललाई पनि आग्रह गरेको छ।

७३ वर्षीय शर्मा कांग्रेसका पुराना नेता हुन्। उनी २०७८ माघमा भएको निर्वाचनमा लुम्बिनीबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here